
२३ भदौ, काठमाडौं । बारेकोट गाउँपलिाका–६, जाजरकोटमा गएराति गएको पहिरोमा पुरिएर घाइते बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर सुर्खेत ल्याइएको छ ।
राति २ बजे पहिरो जाँदा घाइते ११ वर्षीया सम्झना चलाउनेलाई सेनाको हेलिकोप्टरमार्फत उद्दार गरेर कर्णाली प्रादेशिक अस्पताल पुर्याइएको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए ।
राति भएको घटनामा उनका बुबा ४७ वर्षीय मानबहादुर चलाउने र आमा ३८ वर्षीया प्रेमकुमारी चलाउनेको घटनास्थलमै ज्यान गएको छ । उनीहरुको शवलाई पोष्टमार्टमका लागि आधारभूत स्वास्थ्य कैन्द्र बारेकोट लगिएको छ ।
घरमा उनीहरुका आफन्त १६ वर्षीया विमला चलाउने पनि थिइन् । तर, उनी समयमै भाग्न सफल हुँदा जोगिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4