+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पक्राउ परेको भोलिपल्टै छुटे लुम्बिनीका सांसद केसी

अनलाइनखबर अनलाइनखबर
२०८१ भदौ २४ गते १८:१७

२४ भदौ, काठमाडौं । किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी डिबी कारागार नै नबसी रिहाइ भएका छन् । ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो ।

अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । एक वर्ष जेल सजाय र २ हजार जरिवाना तोकिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए ।

अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो । तर पूर्व रुकुममा कारागार नभएकाले उनलाई रुकुम पश्चिमको कारागारमा पठाइएको थियो । कारागार स्रोतका अनुसार प्रहरीले भने सांसद केसीलाई कारागारमा नै राखेन ।

‘दिउँसो ३ बजे रुकुम पश्चिम ल्याएपछि उनलाई दिनभर प्रहरीले आफ्नै नियणन्त्रणमा राख्यो’, कारागारको उच्च स्रोतले भन्यो, ‘तर उनलाई कारागार नै लगिएन ।’ बरु आइतबार राति नै सांसद केसीलाई उनको सहयोगीसहित जेलर ताराबहादुर कुँवरको तल्लाको तलाको कार्यकक्षमा राखियो । जेलरको कार्यकक्ष भाडामा लिएको अफिस हो ।

स्रोतका अनुसार उनलाई कारागारको गेट बाहिर भएको जेलर कुँवरको कार्यकक्षमा रातभर राखिएको थियो । सोमबार बिहानसम्म पनि उनलाई कारागार नराखी सिधै अदालत पुर्‍याइएको थियो ।

यसैबीच माओवादी निकट संगठनहरुले सांसद केसीको रिहाइमा विरोध प्रदर्शन गरेका छन् । दोषी ठहर भएका केसीलाई सजाय मिनाह गरेको भन्दै अखिल क्रान्तिकारी र वाइसएलले रकुम पूर्वले अदालत अघि विरोध प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?