+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौं प्रहरीको चाडपर्वमा सुरक्षा योजना : नाकामा ड्रोनमार्फत निगरानी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज ११ गते १३:१०

११ असोज, काठमाडौं। चाडपर्वको अवसरमा विभिन्न २० प्रकारका अपराधहरु हुन सक्ने भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षा योजना बनाएको छ ।

परिसरका एसएसपी वसन्त रजौरेसहितको टोलीले शुक्रबार चाडपर्व लक्षित योजना बनाएर सार्वजनिक गरेको छ । प्रहरीले चाडपर्वमा हुनसक्ने विभिन्न अपराधहरुलाई वर्गीकरण गरेर सुरक्षा योजना बनाउको हो।

प्रहरीले हुनसक्ने सम्भावित अपराधहरुमा लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा बिस्फोटन, ड्रिंक एन्ड ड्राइभ, हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरुमा हुने चोरीलाई प्रहरीले सम्भावित अपराध मानेको छ ।

यी सम्भावित अपराधलाई रोक्न तथा न्यूनीकरण गर्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन, २ रुटमा लङ रेन्ज गस्ती, ४२ रुटमा सर्ट रेन्ज गस्ती गरिने परिसरका प्रवक्ता नवराज अधिकारीले बताए ।

त्यस्तै ७६ वटा क्युआरटी गस्ती, २४ वटा मोबाइल गस्तीको पनि व्यवस्था गरिएको प्रहरीले जनाएको छ । सूचना संकलनको रुपमा सादा पोशाकको रुपमा ३८ वटा टोली बनाएर परिचालन गरिने प्रहरीले जनाएको छ । सिल एण्ड सर्च र कर्डन सर्चको रुपमा २८ टोली खटाइने छ । २२ ठाउँमा एम्बुसिङ चेकिङ गर्ने प्रहरीको तयारी छ ।

नाकाहरुमा हरेक दिन कुकुर पनि परिचालन गरिने, पर्चा पम्प्लेटमार्फत जनचेतना गर्ने प्रहरीको तयारी छ । कलंकी, बल्खु सून्धारा, पूरानो बसपार्क, गोंगबु, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, हल्चोकलगायत १२ स्थानमा यात्रु सहायता कक्ष खडा गरिने प्रवक्ता अधिकारील बताए ।

त्यसैगरी ड्रोन क्यामेरामार्फत पनि सर्भिलेन्स गरेर निगरानी गरिने प्रहरीले जनाएको छ । यसका साथै सिसिटिभीमार्फत पनि सर्भिलेन्स हुनेछ । कुनै घटना भइहालेमा ५ देखि १० मिनेटभित्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको पनि प्रवक्ता अधिकारीले बताए । यी सबैका लागि काठमाडौं जिल्लामा मात्रै ३ हजार ७ सय ६५ प्रहरी खटाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?