+
+

बुक हिलले सार्वजनिक गर्‍यो मोबाइल एप

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज १५ गते १९:४७

१५ असोज, काठमाडौं । बुकहिल पब्लिकेसनले आफ्नो आधिकारिक मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीले हिजो औपचारिक रूपमा प्लेस्टोर र एपस्टोरमा एप सार्वजनिक गरेको हो ।

नेपाली प्रकाशकमध्ये पहिलोपटक मोबाइल एप सार्वजनिक गर्नेमा बुकहिल पहिलो प्रकाशक भएको बुकहिलका संस्थापक अध्यक्ष भूपेन्द्र खड्काले बताए ।

उनले भने, ‘हामीले ईबुक, अडियोबुक, प्रिन्ट अन डिमान्डको सुविधा विश्वभर उपलब्ध गराएका छौं । अमेजन, फ्लिपकार्टसहित ११ ओटा प्लेटफर्मबाट प्रिन्ट अन डिमान्ड उपलब्ध गराउनेगरी एप सुरु गरेका छौं ।’

हाल यस एपमा २० ओटा ईबुक उपलब्ध भए पनि यो सप्ताहान्तमा थप ईबुक भर्सन उपलब्ध हुनेछ । साथै, क्रमिक रूपमा अडियो बुक पनि उपलब्ध गराउने खड्काले बताए ।

कम्पनीले ल्याएको प्रिन्ट अन डिमान्ड सेवा युके, युरोप, अस्ट्रेलिया, अमेरिकालगायतका देशमा उपलब्ध छ । यसअन्तर्गत बुकहिलबाट प्रकाशन भएका पुस्तक ग्राहकले अमेजन, फ्लिपकार्टसहित ११ ओटा प्लेटफर्मबाट अर्डर गर्न सक्ने खड्काले बताए ।

अर्डर गरिसकेपछि ती प्लेटफर्मले ग्राहकको माग बमोजिमका पुस्तक छापेर उपलब्ध गराउनेछन् । ‘अब देश बाहिर बस्ने नेपालीले नेपालबाटै पुस्तक मगाइरहन परेन, ‘ उनले भने, ‘अर्डर गरिसकेपछि ती प्लेटफर्मले बुक प्रिन्ट गरेर उपलब्ध गराउँछन्।’ यो सुविधाका लागि एक वर्षभन्दा बढी समयदेखि काम गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?