+
+

राप्ती नदीमा खसेका बालकको सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २१ गते ११:५५

२१ असोज, काठमाडौं । दाङको राप्ती गाउँपालिका–३ खुरुरियास्थित राप्ती नदीको बीच टापुमा खसेका एक बालकको सकुशल उद्धार भएको छ ।

खुरुरियास्थित झोलुंगे पुलबाट नदीको बीच भागमा खसेका सोही ठाउँका १३ वर्षीय सुधन चौधरीको प्रहरीले उद्धार गरेको हो ।

इलाका प्रहरी कार्यालय भालुबाङ र सशस्त्रको ज्वालामाई गणको टोलीले बालकको उद्धार गरेका हुन् ।

उनी आइतबार साढे ३ बजे नदीको बीच टापुमा खसेका थिए । त्यसको एक घण्टापछि बालकलाई उद्धार गरिएको भालुबाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?