 
																			२३ असोज, काठमाडौं । बारबरा फाउण्डेसनले सन् २०२३ मा घोषणा गरेको ‘बारबरा खोजी पत्रकारिता लेखनबृत्ति–२०२३’ चार जना पत्रकारहरुलाई प्रदान गरेको छ ।
फाउण्डेसनका अध्यक्ष डा. सन्दुक रुइत, महासचिव मोहना अन्सारीले फाउण्डेसनका सञ्चालकहरुको उपस्थितीमा छनौट भएका पत्रकारहरुको नाम घोषणा गरी लेखनवृत्ति प्रदान गरेका छन्।
लेखनवृत्ति पाउनेहरुमा दिपा दाहाल (उकालो अनलाइन डट कम), कृष्ण ज्ञवाली (अनलाइनखबर डटकम), मोहन मैनाली(स्वतन्त्र पत्रकार) र बसन्तप्रताप सिंह(कान्तिपुर दैनिक) छन्।
फाउण्डेसनले दाहाललाई ‘स्वास्थ्य बीमा कार्यक्रममा देखिएको बेथिति’, ज्ञवालीलाई ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगभित्र देखिएको बेथिती र राजनीतिक हस्तक्षेप’, मैनालीलाई ‘जलवायु परिवर्तनका कारण तमोर वरपरका क्षेत्रमा देखिएको प्रभाव’ र सिंहलाई ‘कर्णालीमा कुपोषणको समस्या’ शिर्षकको समाचारमा प्रत्येकलाई साढे २ लाख रुपैयाँका दरले लेखनवृत्ति प्रदान गरेको हो।
फाउण्डेसनले गतवर्ष २५ लाख रुपैंयाको खोजमूलक पत्रकारिता पुरस्कार र लेखनबृत्तिको घोषणा गरेको थियो।
२०८१ जेठ ३ मा राजधानीमा एक कार्यक्रम आयोजना गरी चारजना पत्रकारहरुलाई बारबरा फाउण्डेसन खोजी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
सन् २०२३ को पुरस्कार र लेखनबृत्ति अन्तर्गतको लेखनबृत्ति प्रदान गर्ने कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4