
पहिरोले अवरुद्ध सडक । फाइल फोटो
२५ असोज, उदयपुर । सुख्खा पहिरोले उदयपुरको कटारी–घुर्मी सडक अवरुद्ध भएको छ । सिद्धीचरण राजमार्गअन्तर्गत कटारी नगरपालिका–१४ को भदौरेमा ठूलो पहिरो खसेपछि गएरातिदेखि नै सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राजन चापागाईंले जानकारी दिए ।
‘पहिरो ठूलै छ । एउटा मात्र डोजरले त आज दिनभरीमा पनि पन्छाउन सक्दैन । त्यही भएर अरु मेसिन प्रयोग गरेर सडक खुलाउन भनिएको छ,’ उनले भने ।
कटारी–घुर्मी सडकले पहाडी जिल्लाहरुलाई तराईसँग जोड्ने गर्दछ । दशैंको बेला सडक अवरुद्ध भएपछि कोशी प्रदेशका पूर्वी सहरबाट पहाडी जिल्लाहरु खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु आउ–जाउ गर्नेहरु अलपत्र परेका छन् ।
प्रहरीका अनुसार पहिरोले करिब डेढ सय मिटर सडक पुरेको छ । सडक खुलाउन ओखलढुङ्गाको हर्कपुरमा रहेको सडक कार्यालयसँग समेत समन्वय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4