+
+

नेपाल–चीन सम्बन्धबारे जानकारी दिन वृत्तचित्र प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ९ गते ७:२८
फाइल फोटो

९ कात्तिक, काठमाडौं । युवा पुस्तालाई नेपाल–चीन सम्बन्धबारे जानकारी दिने उद्देश्यले काठमाडौंमा वृत्तचित्र प्रदर्शन गरिएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ औं वर्ष प्रवेशको अवसर पारेर चिनियाँ मिडिया गु्रप नेपाली विभागले बिहीबार वृत्तचित्र प्रदर्शन गरेको हो ।

काठमाडौंको एम्बिसन एकेडेमीका विद्यार्थीहरुलाई वृत्तचित्र प्रदर्शनीमा सहभागी गराएर नेपाल र चीनको चियापान सँस्कृति, जडिबुटी, बौद्ध धर्म र जैविक विविधतामा दुई देश बीचको विशिष्टता भित्रको समानता देखाइएको थियो ।

साथै भृकुटी र अरनिकोको माध्यमबाट जनस्तरमा गाँसिएको सम्बन्ध र शील्पकलाको वैभव पनि वृत्तचित्रमा प्रस्तुत गरिएको छ । चीनको पाण्डा र नेपालको एकसिंगे गैंडामार्फत् पनि दुई देशबीचको वाइल्डलाइफ कूटनीतिलाई देखाइएको छ ।

कार्यक्रममा चिनियाँ रेडियो इन्टरनेसनलका पत्रकार तथा चीनका जानकार चेतनाथ आचार्यले नेपाल–चीन बीचको सम्बन्धलाई जीवन्त राख्न र युवा पुस्तामा जानकारी दिने उद्देश्यले वृत्तचित्र प्रदर्शन गरिएको बताए ।

यस्ता कार्यक्रम अन्य स्थानमा पनि देखाउने र दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्‍याएर प्रगाढ बनाउने सोच रहेको आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?