+
+
WC Series
पोखरा एभेन्जर्स 2025
146/8 (19.2)
VS
४ बलमा २० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

फुटबल खेलाडीलाई तिहारपछि पुरस्कार दिने प्रधानमन्त्रीको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १५ गते १४:४४

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार दिने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय महिला फुुटबल टिमका सदस्यहरुसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याइँ नगर्ने भन्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी दिए ।

प्रतियोगितामा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही तीन लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन् ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बंगलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गरे ।

आगामी सातौँ संस्करणमा जित्छौं भन्ने ऊर्जाका साथ लाग्न प्रधामनन्त्रीले आग्रह गरे । ‘विजेता भइएन भन्दैमा दुःख नमानौं, तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौं पटकमा सर्वाेच्च शिखर सगरमाथा पुुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुुपर्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रंगशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि  बताए ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?