 
																			काठमाडौं । अमेरिकाको हेमार्केट भर्जिनियामा पहिलो पटक कुकुर तिहार मनाइएको छ । अब त्यहाँ हरेक वर्ष अक्टोबर महिनाको अन्तिम आइतबार कुकुर तिहार मनाइने घोषणा समेत गरिएको छ ।
गत अक्टोबर २७ का दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म हेमार्केट भर्जिनियामा कुकुर तिहार धुमधामले मनाइएको हो । कार्यक्रममा डिसी, मेरिल्याण्ड र भर्जिनिया क्षेत्रबाट दर्जनौं दर्जन कुकुर ल्याइएको थियो । उक्त उत्सवमा करिब २०० वटा कुकुर सहभागी गराइएको थियो । त्यसक्रममा लामो रातो कपडा ओछ्याई कुकुरहरुलाई हिंडाइएको थियो ।
स्थानीय नेपाली समाजसेवी जीवन तिवारीले हरेक वर्ष अक्टोबर महिनाको अन्तिम आइतबारलाई अमेरिकामा कुकुर तिहार दिवसका रूपमा मनाउने प्रस्ताव राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4