शरीरको कुनै अंगमा थकान महसुस भई सो भागलाई राम्ररी चलाउन नसक्ने अवस्थालाई शारीरिक कमजोरी भनिन्छ। शारीरिक कमजोरी लामो वा छोटो अवधीको हुनसक्छ । कमजोरी सामान्य देखि कुनै रोगको संकेत पनि हुनसक्छ ।
कमजोरी मुख्यतया दुई खालको हुन्छन् ।
एउटा शरीरमा कुनै पनि प्रकारको समस्या र चोटपटक लाग्दा मांसपेशीको बल कम हुन थाल्छ र यसको क्षमता पनि कम हुन थाल्छ । जस कारण शरीरले कमजोर अनुभव गर्न थाल्छ ।
अर्को भनेको शरीरले धान्न सक्ने भार भन्दा बढी काम गर्दा शरीरले कमजोर महसुस गर्छ । यस्तोमा मांसपेशीहरू ठिक, सामान्य र राम्रोसँग काम गर्ने भएता पनि केही समय कमजोर अनुभव हुनसक्छ ।
शरीरको कुनै अङ्गमा कमजोरी भएमा निम्न लक्षणहरू देखिन सक्छन् ।
– कम्पन अनुभव गर्नु ।
-मांसपेशीहरुमा अचानक झटका महसुस हुनु ।
-प्रभावित अंगले काम गर्न नसक्नु वा बिस्तारै काम गर्नु ।
-शरीर गल्नु वा थकित अनुभव हुनु । यस्तोमा शरीर कुनै रोगबाट ग्रस्त भएको अनुभव हुनसक्छ । कहिले काहीँ थकान नहुँदा पनि कमजोरी महसुस हुन्छ।
-कुनै पनि प्रकारको गतिविधि गर्न नसक्नु ।
-अचानक बेहोस हुनु ।
-क्षणिकको लाग आँखा कम देखेको अनुभव हुनु ।
-बोल्नमा समस्या हुनु वा खानेकुरा खान नमिल्नु ।
-ज्वरो आउनु ।
-मुडमा परिवर्तन ।
कमजोरीको अवस्था कति बेला गम्भीर मान्ने ?
– पटक पटक चक्कर आउनु ।
– दिमाग अन्योलमा पर्नु ।
– सोचाइ र दृष्टिकोण पहिलेको भन्दा फरक हुनु ।
-बोल्न कठिन हुनु ।
-जिउ भारी हुनु ।
-छाती दुखाइ ।
-सास फेर्न गाह्रो हुनु ।
-मुटुको धड्कन अनियमित हुनु ।
कारण
तनाव र चिन्ताबाट ग्रस्त व्यक्ति कमजोर र थकित महसुस गर्छन्। चिन्ताका कारण मानिसको जीवन र कार्यशैलीमा असर पर्न थाल्छ । जीवनशैली र मानसिक तनावले शरीरमा उर्जा कम हुन्छ । र शरीर कमजोर भएको महसुस हुनसक्छ ।
बढ्दो उमेर
उमेर बढ्दै जाँदा, तन्तु र कोषिकाहरू बीचको सन्तुलन कायम राख्ने क्षमता प्रभावित हुन्छ । जसका कारण मानिसहरू कम सक्रिय हुन्छन् । उनीहरूले विस्तारै ऊर्जा गुमाउन थाल्छन्। जस कारण कमजोर महसुस गर्छन्।
भिटामिनको कमी
जब शरीरमा भिटामिनको कमी हुन्छ । रातो रक्त कोषिकाहरू ठीकसँग बन्दैनन् । जसका कारण शरीरमा ऊर्जा कम हुन थाल्छ र कमजोर महसुस हुन्छ।
कुनै रोगको शिकार हुनु
जब शरीर लगातार संक्रमणसँग लड्छ, ऊर्जाको कमी हुन्छ। क्षय रोग, हेपाटाइटिस वा लामो समयदेखि लाग्ने कुनै पनि रोगसँग लड्दा कसै-कसैलाई थकान महसुस भई मांसपेशी कमजोर हुन्छ। यस बाहेक अनिद्रा र मधुमेहका कारण पनि व्यक्तिलाई कमजोरी महसुस हुन्छ ।
महिनावारी
महिलाले महिनावारी हुँदा पनि शरीर कमजोर अनुभव गर्न सक्छिन। भारी रक्तस्राब हुँदा शरीरमा उर्जा नहुने, पेट, कम्मर र ढाड दुख्ने हुन्छ। महिनावारीमा एस्ट्रोजेन हर्मोन कम हुँदा यी समस्या देखिन्छ।
कमजोरीको अन्य कारण
निन्द्रा नपुग्नु, मधुमेह, हृदयघातका कारण, शरीरमा भिटामिन बी १२ को कमी, क्यान्सर, मांसपेशीमा चोटपटक, रक्त अल्पता, मांसपेशीलाई असर गर्ने रोग, मांसपेशीमा दुखाइ, थाइराइड र फ्लूको कारणले शरीर कमजोर भइरहन सक्छ ।
कसरी कम गर्ने ?
– राती पर्याप्त सुत्ने ।
– खानामा बोसो कम भएको खानेकुरा, क्याल्सियम, प्रोटिनयुक्त खानेकुरा खाने ।
– अत्याधिक व्यायाम र डाइटिङ नगर्ने ।
-क्याफिनयुक्त खानेकुरा अत्याधिक मात्रामा नखाने ।
-मदिरा सेवन नगर्ने ।
-पोषक तत्व भरपुर खाने हो भने शरीरमा उजाए रही राख्छ । थकान पनि अनुभव हुँदैन ।
-आफ्नो आराम समय र व्यायाम समयको लागि केही मिनेट छुटाउने ।
-नियमित रुपमा कामको बीचमा ३० मिनेट ब्रेक लिने र उर्जाशील काममा ध्यान लगाउने हो भने दिमाग र शरीर दुवै शान्त रहन्छ । मानसिक रुपमा स्वस्थ भइन्छ । मनमा सकारात्मक सोच उत्पन्न हुन्छ ।
कति बेला अस्पताल जाने ?
शरीरमा थकान महसुस भएमा खानपानको कमी वा अनिद्रा नै कारण हो भन्ने जरुरी छैन । शरीर कुनै रोगबाट पीडित भएमा पनि लक्षणको रुपमा कमजोरी देखा पर्न सक्छ ।
त्यसैले, माथि उल्लेखित सावधानी अपनाउँदा पनि केही परिवर्तन नपाएमा वा २४ घण्टा भन्दा बढी समयसम्म शरीर कमजोर भएर दैनिक क्रियाकलापमै असर गरेमा तुरुन्त अस्पताल जानुपर्छ ।
अन्यथा, शरीरमा गम्भीर रोग लाग्न सक्छ । कहिलेकाहीँ कमजोरीका कारण मानिसले डिप्रेसन, स्नायु कमजोरी, एकाग्रतामा समस्या, मुड स्विङ लगायत समस्याको सामना गर्न सक्छन्। साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने जस्ता लक्षण पनि देखिन्छन् ।
प्रतिक्रिया 4