+
+

नेपाल टेलिकमले कामबाट हटाएको विरोधमा २९ कर्मचारी आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते ९:५९

२६ कात्तिक, काठमाडौं । नेपाल टेलिकममा स्थापनाकालदेखि नै कार्यरत २९ जना कर्मचारीलाई राजनीतिक आस्थाका आधारमा हटाइएको भन्दै आन्दोलित भएका छन् । २ दशकभन्दा लामो समयदेखि त्यहाँ सरसफाइको काम गर्दै आएका कर्मचारीलाई टेलिकमले कात्तिक १२ गते कामबाट हटाएको थियो ।

आफूहरुलाई बिनासूचना र सेवासुविधा कामबाट हटाएको भन्दै निष्कासित कर्मचारीले कात्तिक १४ गतेबाट बबरमहलस्थित टेलिकमको कार्यालयमा धर्ना बसेका छन् । आइतबार शान्तिपूर्ण धर्ना बसिरहेकै क्रममा प्रहरीले हस्तक्षेप गरेकोसमेत आरोप लगाएका छन् ।

प्रहरी हस्तक्षेपका क्रममा धनु दाहाल, सावित्रा चौलागाईं, लक्ष्मी सारुलगायत घाइते भएका थिए । प्रहरीले धर्नारत १६ जनालाई नियन्त्रणमासमेत लिएको थियो । धर्नारत निष्कासित कर्मचारीले लामोसमयदेखि आफूहरु टेलिकममा सरसफाइको काम गर्र्दै आएको तर, अहिले बिना सूचना आफूहरुलाई कामबाट हटाएको बताएका छन् ।

धर्ना बसिरहेका मजदुरमाथि धरपकड भएपछि संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार एक प्रेस विज्ञप्ति जारी गरी जेटीयूसीसीले कुटपीटमा संलग्न प्रहरीमाथि कारवाहीको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?