 
																			२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं-१६ को वडाध्यक्षमा देवेन्द्र पाठकलाई उम्मेदवार बनाएको छ ।
वडा सभापति समेत रहेका पाठकलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । आइतबार बिहान बसेको संघीय निर्वाचन संसदीय समितिले पाठकको नाममा सहमति जुटाएको हो । वडाध्यक्षका लागि ११ जनाको नाम सिफारिस भएको थियो ।
काठमाडौंका कांग्रेस सभापति सबुज बानियाँले अन्य आकांक्षीले नाम फिर्ता लिएर पाठकको नाम सर्वसम्मत चयन गरिएको जानकारी गराए ।
गत निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि उप निर्वाचन हुन लागेका छ । रिजालको २०८० भदौमा निधन भएको थियो ।
१६ मा उपनिर्वाचनका लागि एमालेबाट लक्ष्मीरत्न तुलाधर, एकीकृत समाजवादीबाट मीनबबहादुर मानन्धर, रास्वपाबाट रोजिना श्रेष्ठले उम्मेदवार बनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4