+
+

सकियो नेपाल-भारत आठौं समन्वयात्मक बैठक, सीमामा हुने अवैध क्रियाकलाप रोक्न दुवै देश सहमत

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३ गते १७:५४
३ मंसिर, काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच आठौं समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
बैठक सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोकमा मंसिर १ गतेदेखि सुरु भएको थियो ।
समन्वयात्मक बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागूऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ ।
समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधित्व गरेका थिए । एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेका थिए ।
यसअघि सातौं समन्वयात्मक बैठक भारतमा सम्पन्न भएको थियो। हरेक वर्ष आयोजना हुँदै आएको यस बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र भारतको सशस्त्र सीमा बलका महा निर्देशक बीच सीमा सुरक्षाका विविध पक्षबारे छलफल हुने गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?