१५ माघ, काठमाडौं । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलक्षित सुरक्षा रणनीति तयार पार्न सशस्त्र प्रहरी बलको वरिष्ठ अधिकृत सम्मेलन गरेको छ ।
वरिष्ठ अधिकृत सम्मेलनमा सशस्त्रका सबै बाहिनीपतिहरू भर्चुअल माध्यमबाट जोडिएका थिए । उनीहरूलाई आईजीपी राजु अर्यालले ब्रिफिङ गरेका थिए ।
अर्यालले निर्वाचनमा सशस्त्र प्रहरीले कुनै पनि राजनैतिक दलको पक्ष नलिई निर्वाचनका उम्मेदवारहरूसँग सम्पर्कमा रहिरहन र निर्वाचन भएरहीत शान्तिपूर्ण सम्पन्न गराउन सुरक्षा सर्तकता अपनाउन निर्देशन दिएका छन् ।
उनले फिल्डमा खटिएका कमाण्डर निर्वाचनलक्षित सुरक्षा कारबाही गर्न स्वतन्त्र रहेको बताउँदै निर्वाचनको लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई मर्यादित र सभ्य व्यवहार गर्दै परिचालित हुन समेत निर्देशन दिए ।
सम्मेलनमा आगामी निर्वाचनलक्षित सुरक्षा चुनौती, विद्यमान परिस्थतीलगायत विविध विषय र निर्वाचनको समयमा कुनै पनि मानवीय क्षति हुन नदिनेतर्फ अन्य सुरक्षा निकाय तथा सरोकारवालासँग समन्वय, सहकार्य कसरी कायम राख्ने भन्नेबारे छलफल भएको थियो ।
प्रतिक्रिया 4