+
+

उपनिर्वाचनबारे जानकारी गराउन आयोगले सञ्चालनमा ल्यायो कल सेन्टर

निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनबारे प्रश्न, गुनासा र जिज्ञासा सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ४ गते १६:३७

४ मंसिर, काठमाडौं । निर्वाचन आयोगले १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनबारे प्रश्न, गुनासा र जिज्ञासा सुन्नका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गर्ने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।

कल सेन्टरबाट मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सम्पूर्ण विषयमा आम मतदाता एवम् सर्वसाधारणलाई जानकारी उपलब्ध हुने आयोगले जनाएको छ ।

आयोगले मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुनेगरी आयोग परिसरमा निःशुल्क (टोल फ्री) नम्बर ११०२ मा कल गरेर उपनिर्वाचनका विषयमा आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न सकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?