
७ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठकले दुई डिआईजीलाई एआईजीमा बढुवा गरेको छ ।
मन्त्रिपरिषद बैठकले बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले गुरुङ र ढकाललाई बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले अनलाइनखबरलाई बताए ।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । उनीहरु गत कात्तिक महिनामा बढुवा सिफारिसमा परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4