+
+
Shares

राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा

निर्देशक मुक्तिनाथ सापकोटा र हेमप्रसाद न्यौपाने कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २७ गते १३:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकले मुक्तिनाथ सापकोटा र हेमप्रसाद न्यौपानेलाई कार्यकारी निर्देशकमा बढुवा गरेको छ।
  • कार्यकारी निर्देशक दयाराम शर्मा पँगेनी मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएका छन्।
  • सापकोटालाई गभर्नरको कार्यालयको जिम्मेवारी र न्यौपानेलाई बैंकिङ विभागको जिम्मेवारी दिइएको छ।

२७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई निर्देशक कार्यकारी निर्देशकमा बढुवा भएका छन् । निर्देशक मुक्तिनाथ सापकोटा र हेमप्रसाद न्यौपाने कार्यकारी निर्देशकमा बढुवा भएका हुन् ।

केन्द्रीय बैंकले कार्यकारी निर्देशकमा दुई निर्देशक बढुवा भएसँगै केही जिम्मेवारी पनि हेरफेर गरेको छ । कार्यकारी निर्देशक दयाराम शर्मा पँगेनी गभर्नरको कार्यालयबाट मौद्रिक व्यवस्थापन विभागमा सरुवा भएका छन् ।

नवनियुक्त कार्यकारी निर्देशक सापकोटालाई भने गभर्नरको कार्यालयको जिम्मेवारी दिइएको छ । त्यसैगरी अर्का नवनियुक्त कार्यकारी निर्देशक न्यौपानेले बैंकिङ विभागको जिम्मेवारी पाएका छन् ।

बैंक विभागका कार्यकारी निर्देशक डा. डिल्लीराम पोखरेललाई विदेशी विनिमय विभागमा सरुवा गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

विदेशी विनिमय विभागमा कार्यरत कार्यकारी निर्देशक किरण पण्डित डेपुटी गभर्नर नियुक्त र कार्यकारी निर्देशकबाट रोशन सिग्देलले अवकाश पाएपछि दुई पद खाली थियो । सोही पदमा केन्द्रीय बैंकले बिहीबार निर्देशकहरू सापकोटा र न्यौपानेलाई बढुवा गर्दै पदपूर्ति गरेको हो ।

मुक्तिनाथ सापकोटा
हेमप्रसाद न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?