+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

उपनिर्वाचनका लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १० गते १३:४८

१० मंसिर, काठमाडौं । आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरिएको छ । स्थानीय तह उपनिर्वाचन परिणाम घोषणा नभएसम्मका लागि केन्द्र स्थापना गरिएको निर्वाचन आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

निर्वाचन आयोगले गरेका निर्णय कार्यान्वयनको अवस्था, उपनिर्वाचन आचारसंहिताको पालना र उल्लङ्घनका विषयमा परेका उजुरी एवम् प्राप्त जानकारी र निर्वाचन व्यवस्थापनका विभिन्न पक्षहरूबारे नियमित रूपमा जानकारी लिई तत्कालै समस्या समाधान गर्ने उद्देश्यले निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ४ अनुसार केन्द्र स्थापना गरिएको आयोगले जनाएको छ।

केन्द्रको संयोजन निर्वाचन आयोगका सचिव रविलाल पन्थले गर्नेछन् भने सदस्यहरूमा आयोगको प्रशासन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद सापकोटा, गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारी, नेपाली सेनाका महासेनानी सुवास खड्का लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?