+
+

लखनउ-आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा ३ डाक्टरसहित ५ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १२:१३

१३ मंसिर, काठमाडौं । भारतको लखनउ-आगरा सडकखण्डमा जिप दुर्घटना हुँदा तीन डाक्टरसहित पाँच जनाको मृत्यु भएको छ । एकजना डाक्टर गम्भीर घाइते भएका छन् ।

सडक डिभाइडरमा ठोक्किएर स्कार्पियो जिप दुर्घटना हुँदा ग्रामिण आयुर्विज्ञान संस्थान (रम्स)का ३ आवासीय चिकित्सकसहित पाँच जनाको मृत्यु भएको हो ।

उनीहरु सबै एक जना साथी डाक्टरको बिहेमा सहभागी हुन जाने क्रममा दुर्घटनामा परेका थिए । प्रहरीका अनुसार तीव्र गतिका कारण जिप दुर्घटना भएको थियो । जिप १३० किलोमिटर प्रतिघण्टाको गतिमा थियो । त्यसैक्रममा डिभाइडर ठोक्किएर जिप अनियन्त्रित भएपछि अर्को लेनमा रहेको ट्रकसँग ठोक्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?