+
+

कांग्रेस कोशीको पहिलो सम्मेलन २२ मंसिरमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १५:०७

१३ मंसिर,विराटनगर। नेपाली कांग्रेस कोशी प्रदेश समितिले पहिलो सम्मेलन गर्ने भएको छ ।

मंसिर २२ गते शनिबार विराटनगरमा प्रथम प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो। सम्मेलनमा सभापति शेरबहादुर देउवा सहभागी हुनेछन् ।

सम्मेलनमा पार्टीका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेशका जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि नगर गाँउकार्यसमि सभापति, भातृ तथा शुभेच्छुक सस्थाका प्रमुखहरु सहभागी हुने महामन्त्री भूपेन्द्र राईले जानकारी दिए।

सम्मेलनमा प्रदेश समितिको दुई वर्षे कार्यकालको समिक्षा हुनेछ । प्रदेश समितिले पुस १६ गतेदेखि सात महिने सांगठनिक अभियान पनि सञ्चालन गर्ने भएको छ ।

राष्ट्रिय मेलमिलाप दिवस र शहिद दिवशको अवसर पारेर नेपालको होचो स्थान झापाको केचनाकवलबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासम्म सात महिने सांगठनिक जागरण अभियान सञ्चालन गर्ने सभापति उद्धव थापाले जानकारी दिए ।

उनका अनुसार एक महिनामा २ वटा जिल्लाका दरले अभियान सञ्चालन हुनेछ । कार्यतालिका बनाएर अभियान सञ्चालन गर्ने गृहकार्य भइरहेको उनले बताए ।

प्रदेशसमितिको बैठकले सम्मेलन र जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?