+
+

चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीको भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १४:१४

१८ मंसिर, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच बेइजिङमा भेटवार्ता भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले केहीबेर अघि सीसँग भेटवार्ता गरेका हुन् । देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा उनीहरुबीच भेट भएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले समकक्षी ली छ्याङसँग भेटवार्ता गरेका थिए । सो भेटवार्ताको क्रममा दुई देशका अधिकारीले ९ बुँदे सहमति/समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोमबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओली २० गते स्वदेश फर्किने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?