+
+

कैलालीमा १३ ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १२:३१

२० मंसिर, धनगढी । कैलालीमा १३ ग्राम लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ ।

बुधबार टीकापुर नगरपालिका-९ खक्रौलामा इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाको संयुक्त टोलीले १३ ग्राम १६० मिलीग्राम खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका-१ सत्तिनगर बस्ने २२ वर्षीय मुकेश कामर डगौरा र २३ वर्षीया सिर्जना कुमारी चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनका अनुसार शंकाका आधारमा चेकजाँच गर्दा सिर्जना चौधरीको साथबाट १३ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको हो । उनीहरु दुवैलाई इलाका प्रहरी कार्यालय टीकापुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?