+
+

झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो गर्दै हुनुहुन्छ : देउवा

कांग्रेस–एमालेको गठबन्धन स्थायित्वका लागि बनेको दाबी गर्दै देउवाले प्रधानमन्त्रीले सबै काम राम्रो गरेको दाबी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २२ गते १६:१७

२२ मंसिर, विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारको नेतृत्वले राम्रो काम गरिरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाम लिँदै पार्टीको कोशी प्रदेश सम्मेलनमा सम्बोधनका क्रममा देउवाले आफूले झुट नबोल्ने समेत बताए ।

‘झुट बोल्ने कुरा छैन, ओलीजीले राम्रो काम गर्दै हुनुहुन्छ,’ देउवाले भने । कांग्रेस–एमालेको गठबन्धन स्थायित्वका लागि बनेको दाबी गर्दै उनले प्रधानमन्त्रीले सबै काम राम्रो गरेको दाबी गरेका हुन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण निकै महत्त्वपूर्ण काम गरेर आएको पनि बताए । ‘…मित्रराष्ट्र चीनको भ्रमणका क्रममा निकै महत्वपूर्ण कुरा गरेर आउनुभएको छ,’ देउवाको भनाइ थियो ।

चीन भ्रमणका क्रममा भएको सम्झौताका विषयमा प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापन पनि गरे ।

स्थायित्वका लागि एमालेसँग मिलेर सरकार बनाउनु परेको उल्लेख गर्दै देउवाले दुई पार्टी मिल्दा देशमा स्थायित्व आउने जिकिर समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?