+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुगल डक्सका तस्वीरमा क्याप्सन कसरी राख्ने ?

एजेन्सी एजेन्सी
२०८१ मंसिर २६ गते १४:४९

गुगलको अनलाइन वर्ड प्रोसेसर सर्भिस गुगल डक्स आफ्नो प्रयोगकर्ता मैत्री इन्टरफेसका लागि लोकप्रिय छ र डकुमेन्ट सिर्जना र सम्पादनका लागि रोजाइको टूल बनेको छ ।

गुगल डक्समा विभिन्न उपयोगी फिचर हुँदाहुँदै पनि यसमा हालिएका तस्वीरमा क्याप्सन हाल्न नमिल्नु यसको प्रमुख सीमा हो जसका कारण गुगल डक्सको आफ्नो डकुमेन्टमा रहेका तस्वीरको परिचय तथा नामाकरण गर्न चाहने प्रयोगकर्ताका लागि समस्या पैदा हुने गरेको छ । तर, गुगल डक्समा यो फिचर इनबिल्ट उपलब्ध नभए पनि तस्वीरमा क्याप्सन राख्ने विभिन्न वैकल्पिक तरिकाहरु उपलब्ध छन् । जुन निम्नानुसार छन् :

१. ड्रइंग फिचरको प्रयोग गरेर : गुगल डक्समा रहेका तस्वीरमा क्याप्सन हाल्ने सबैभन्दा सरल तरिका भनेको ड्रइंग टूलको प्रयोग गर्नु हो । यसबाट तपाईंले एउटै ड्रइंगभित्र तस्वीर र क्याप्सन दुवै हाल्न सक्नुहुन्छ । यसका लागि :

  • ड्रइंग insert गर्नुहोस्ः गुगल डक्समा आफूले तस्वीर तथा क्याप्सन राख्न चाहेको ठाउँमा कर्सर लैजानुहोस् । त्यसपछि Insert मा गएर Drawing अनि New मा क्लिक गर्नुहोस् ।
  • Drawing window मा Image बटनमा क्लिक गर्नुहोस् र आफूले राख्न चाहेको तस्वीर अपलोड गर्नुहोस्
  • त्यसपछि Text Box आइकनमा क्लिक गरेर टेक्स्ट बक्स सिर्जना गर्नुहोस् । उक्त टेक्स्ट बक्सलाई आफ्नो रोजाई अनुसार तस्वीरको तल वा छेउपट्टि राख्न सक्नुहुन्छ । त्यहाँ तपाईंले आफूले लेख्ने क्याप्सनको फन्ट, अक्षरको साइज तथा स्टाइल लगायतका कुरा कस्टमाइज गर्न सक्नुहुन्छ ।
  • आफूले चाहे अनुसारको क्याप्सन लेखिसकेपछि Save गरेर Close मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंको डकुमेन्टमा तस्वीर र क्याप्सन दुवै सँगै देखा पर्नेछ । तपाईंले डकुमेन्टमा आफूले चाहेको ठाउँमा उक्त क्याप्सन सहितको तस्वीरलाई सार्न सक्नुहुन्छ ।

क्याप्सनका लागि टेबुल Insert गरेर : गुगल डक्सको तस्वीरमा क्याप्सन हाल्ने अर्को तरिका भनेको टेबुुलको प्रयोग गर्नु हो । तपाईंले 1X2 टेबुल insert गरेर तस्वीरलाई माथिल्लो पंक्ति र क्याप्सनलाई पिँधको पंक्तिमा राख्न सक्नुहुन्छ । यसका लागि :

  • डकुमेन्टमा तस्वीर र क्याप्सन राख्न चाहेको ठाउँमा कर्सर राख्नुहोस् । त्यसपछि Insert मा गएर Table अप्सनमा क्लिक गर्नुहोस् र एउटा लहर र दुईवटा पंक्ति भएको 1X2 टेबुल छान्नुहोस् ।
  • उक्त टेबुलको माथिल्लो कोठामा आफुले राख्न चाहेको तस्वीर Insert गर्नुहोस्
  •  त्यसपछि टेबुलको तल्लो कोठामा क्याप्सन टाइप गर्नुहोस् । तपाईंले क्याप्सनको फन्ट साइज, स्टाइल तथा अलाइनमेन्ट मिलाउन सक्नुहुन्छ ।
  • त्यसपछि टेबुलको बोर्डर हटाउनका लागि उक्त टेबुलमा राइट क्लिक गर्नुहोस् र Table properties मा जानुहोस् । Table border लाई शुन्य प्वाइन्ट राख्नुहोस्, जसका कारण टेबुल अदृश्य बन्दछ र केवल तस्वीर र क्याप्सन मात्रै देखिन्छ ।
  • यति गरेपछि तपाईंले डकुमेन्टको कुनै ठाउँमा उक्त तस्वीर सार्दा क्याप्सन पनि सँगै सर्दछ ।

३. क्याप्सनका लागि In-line text को प्रयोग

यो विधिको प्रयोग गरेर तपाईंले आफ्नो तस्वीरमुनि सिधै क्याप्सन हाल्न सक्नुहुन्छ । यसमा कुनै बाह्य टूल्सको आवश्यकता पर्दैन, यद्यपि यसका केही सीमा हुन्छन् । यो विधिबाट तस्वीरमा क्याप्सन हाल्नका लागि :

  • गुगल डक्समा रहेको तस्वीरमा क्लिक गरेर सेलेक्ट गर्नुहोस् । तस्वीरको बायाँतर्फ विकल्प देखिनेछ ।
  • त्यसपछि In-line text  प्सन छान्नुहोस् । यसो गरेपछि तपाईंको तस्वीर पनि टेक्स्टकै हिस्साको रुपमा परिणत हुन्छ र त्यसमा फेरबदल गर्न सजिलो हुन्छ ।
  • तस्वीरको तलपट्टि कर्सर राख्नुहोस् र क्याप्सन टाइप गर्नुहोस् । तपाईंले क्याप्सनको फन्ट, अक्षरको आकार, तथा स्टाइल पनि छान्न सक्नुहुन्छ ।

यो विधिको कमजोरी भनेको तपाईंले डकुमेन्टमा रहेको तस्वीर कतै सार्दा त्योसँगै क्याप्सन नयाँ ठाउँमा सर्दैन । साथै पीडीएफ रिडर जस्ता अन्य फर्म्याटमा डकुमेन्ट खोल्दा क्याप्सन राम्रोसँग नदेखिन पनि सक्छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?