+
+

हामी कुनैबेला चिप्लियौं, त्यतिबेला माओवादी भन्न पनि अप्ठेरो भयो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १५:५६

२७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि केही कमजोरी भएको स्वीकार गरेका छन् ।

चितवनको भरतपुरमा बिहीबार नेपाल उद्योग व्यापार महासंघको तेस्रो साधरणसभा उद्घाटनपछि सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले ०६४ पछि नयाँ बाटो हिँड्ने क्रममा चिप्लिएको बताए ।

‘पहिला बीचमा हामी चिप्लिँदै गर्दा, जनतासँगको सम्बन्ध बलियो बनाउन नसक्दा माओवादी भनेर छाति खोलेर भन्न पनि अप्ठेरो अप्ठेरो हुने भएको थियो । अहिले विस्तारै आफूलाई माओवादी भन्न गर्व गर्नसक्ने स्थिति आएको छ,’ प्रचण्डको भनाइ छ ।

उनले अघि भनेका छन्, ‘हामीले बीचमा केही कमजोरी पनि गर्‍यौं । ठाउँ ठाउँमा चिप्लियौं पनि । नयाँ बाटो हिन्दा अलिअलि चिप्लिने हुँदो रहेछ । हामी उद्देश्यबाट चिप्लिएको त होइन । तर कहिले बाँया चाल्नुपर्नेमा दायाँ र दायाँ चाल्नुपर्नेमा बायाँ चालेको कारणले पनि हामी चिप्लियौं ।’

कतिपयले पार्टीको नाम फेर्दा जनताले भोट दिने तर्क गर्ने गरेको भन्दै त्यस्तो नहुने जिकिर गरे ।

‘कतिपय साथीहरूले भन्नुहुन्छ, माओवादी नामले गर्दा बर्बाद पार्‍यो । यो नाम फेर्‍यौं भने जनताले भोट गल्र्यामगुर्लुम दिन्छन् जस्तो गर्छन्,’ प्रचण्डले भने, ‘…यो चाहीँ पार्टीको नाम, चुनाव चिन्ह वा अरु माओवादी भन्न डराएर हल हुने होइन ।’

सरकारमा हुँदा गरेका केही राम्रा कामहरूको कारण माओवादीप्रति अहिले विस्तारै जनता सकारात्मक बन्दै गएको उनको भनाइ थियो ।

‘हामी ६४ पछि विभिजित भएर पनि अनुभव भयो । कतिपय स्टेप गलत गरेर पनि सिक्यौं । अहिले नयाँ संकल्पसहित सरकारमा हुँदा गरेका कामले विस्तारै जनतामा पोजेटिभ भाइभ्स आएको छ,’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?