+
+

जर्जिया पठाइदिने भन्दै १२ लाख ठगेको आरोपमा एक जना पक्राउ

आकर्षक तलबमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २७ गते १७:२८

२७ मंसिर, काठमाडौं । आकर्षक तलबमा जर्जिया पठाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-१ का ३६ वर्षीय सुदीप घिमिरे रहेका छन् । उनी काठमाडौंको गल्कोपाखाबाट बुधबार पक्राउ परेका हुन् ।

जर्जिया पठाइदिने भन्दै घिमिरेले दुई जनासँग १२ लाख १० हजार रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?