![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/12/Kp-sharma-oli-.jpg)
२७ मंसिर, काठमाडौं । नेपालमा आयोजना हुन लागेको ‘नानहाई बुद्धिज्म राउन्ड टेबल’को उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएका छन् ।
काठमाडौंको याक एण्ड यति होटलमा शुक्रबार हुने कार्यक्रममा प्रधानमन्त्री ओली स्वयम् उपस्थित हुने बताइएको छ ।
यही कार्यक्रममा चीनका धर्मगुरु पन्चेन लामा समेत आउने चर्चा गरिएको थियो । तर, अहिलेसम्म उनी आएका छैनन् ।
तीन दिनेसम्म चल्ने राउण्ड टेबलमा कम्तिमा २० देशका बौद्ध धर्मका भिक्षुहरु उपस्थित हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4