+
+

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते ८:०९

२७ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले ८ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)को पदस्थापन र काज सरुवा गरेको छ । प्रहरीले बिहीबार सूचना प्रकाशन गर्दै जिम्मेवारी सहितको सरुवा गरेको  जनाएको हो ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंसिर १७ गते बसेको मन्त्रीस्तरीय बैठकले जनपद प्रहरी समूह तर्फको प्रहरी वरिष्ठ पदबाट प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरेको र उनीहरुलाई २७ गतेको निर्णयअनुसार पदस्थापन र काजमा सरुवा गरिएको जनाएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार ध्रुवराज राउत काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, भोलाबहादुर रावल गण्डकी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनसन्धान महाशाखा पोखरा, गणेश चन्द सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, सिद्धिविक्रम शाह नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो  र सुशिलसिंह राठौर नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागमा जिम्मेवारी तोकिएका छन् ।

त्यस्तै उमाप्रसाद चतुरवेदी नेपाल प्रहरी प्रधान कार्यालय, हिमालयकुमार श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र डम्बरबहादुर विक साइबर ब्युरोमा काजमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?