+
+

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकमा कार्ययोजनाबारे छलफल जारी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २८ गते १७:३०

२८ मंसिर, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक जारी छ । आगामी आइतबारसम्म चल्ने पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार, हिजो र आजको बैठकमा पार्टीका आगामी कार्ययोजनाबारे परामर्श भइरहेको छ ।

‘पार्टीको आगामी कार्ययोजनाको विषयमा स्थायी कमिटीका सदस्यहरूसँग राय परामर्श लिने काम भइरहेको छ,’ खतिवडाले भने, ‘आज ५/७ जनाले बोल्नुभयो । बाँकी भोलि हुन्छ ।’
उनले बैठक आगामी आइतबारसम्म चल्ने जानकारी दिए ।

त्यस्तै, पार्टीका नेताहरूको कार्यविभाजनबारे बैठकले निर्णय लिइसकेको छैन । ‘कार्यविभाजनको कुरा आज केही भएन । भोलि वा पर्सिसम्म हुन्छ,’ खतिवडाले भने ।

दशौं महाधिवेश गत असारमै गरेको सो पार्टीमा अहिलेसम्म कुनै कार्यविभाजन हुन सकेको छैन । प्रमुख विभागहरूमा दाबेदार नेताहरूको कुरा नमिल्दा कार्यविभाजन हुन नसकेको हो ।

कार्यविभाजनका लागि अध्यक्ष माधव कुमार नेपाल नेतृत्वमा सात सदस्यीय कार्यदल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?