+
+

‘इन्टिलिजेन्ट ट्राफिक लाइट’को प्रशंसा गर्दै प्रधानमन्त्रीले भने- कल्पनै गर्न गाह्रो काम ललितपुरले गर्‍यो

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोमबारबाट उक्त लाइटको सरुवात गरेका थिए । इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बाल्छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १५:१४

२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर महानगरपालिकाले सोमबारबाट सञ्चालनमा ल्याएको ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’ को प्रशंसा गरेका छन् । मंगलबार ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त कार्यको प्रशंसा गरेका हुन् ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोमबारबाट उक्त लाइटको सरुवात गरेका थिए । इन्टिलिजेन्स प्रणालीमा आधारित यी लाइटले जतापट्टि धेरै सवारीसाधन संख्या हुन्छ, त्यतैतिर हरियो बत्ती बल्छ ।

उक्त प्रविधिबारे प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘दुई चार वर्षअघि सम्म यो शब्दै पनि सुन्न नसकिने कुरा हो, इन्टिलिजेन्ट ट्राफक लाइट । शब्दै सुन्न नपाइने कुरा, ट्राफिक लाइट यसो रातो, पहेँलो बाल्न त गाह्रो थियो भने, यहाँ त इन्टिलिजेन्ट ट्राफिक लाइट भयो ।’

उनले कल्पनै गर्नै नसक्ने कार्य ललितपुर महानगरले गरेको भन्दै देश जहाँको त्यही नभएको पनि बताए । ‘यो त कल्पनै गर्न गाह्रो थियो । ललितपुर महानगरले हिजो सुरु गरिसकयो । अर्थात् हामी अगाािड बढिसक्यौं । अवस्था जहाँको त्यहीँ छैन,’ उनले भने ।

कार्यालय समयमा काठमाडौं तर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले बताएका छन् ।

लाइट जडान गरेको नमुना पावर ग्रेड जेभीले सुरुमा १ सय १७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि हाललाई धेरै ट्राफिक हुने स्थानमा यो लाइट जडान गरिएको नगरप्रमख चिरिबाबु महर्जनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?