+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

दाङमा साना बजेटका योजनाले ल्याएको ठूलो खुसी

रासस रासस
२०८१ पुष ६ गते १८:४४

६ पुस, तुलसीपुर । केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका–१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो । वर्षौदेखि एउटै समस्याले आजित बनेका उनले अहिले भने मुक्ति पाएका छन् ।

पानीको निकासका लागि नालिसहितको सडक बनेपछि समस्या समाधान भएको हो । अब चाँडै सडक कालोपत्र भएमा धुवाधुलोबाट समेत मुक्ति मिल्ने उनको अपेक्षा छ । ‘वर्षामा घरभित्रै पानी आउथ्यो, पटक–पटक वडालाई भने, यसपटक भने सुनुवाइ भयो, अब घरभित्रै पानी पस्ने अवस्था आउने छैन’, विकले भने ।

वडाले ३ लाख रुपैयाँ बजेटमा कचेलीदेखि लामिडाँडासम्म ३ सय ३५ मिटर नाला निर्माण गरेको छ । यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङी विगतको वर्षादमा डुबानमा पर्थ्यो । गाउँको पानी निकास नहुँदा यसरी डुबान हुने गर्थ्यो ।

यहाँ पनि ‘पनफकुवा’ नाला निर्माण भएपछि त्यो समस्या पनि हटेको स्थानीय नदीमा चौधरीले बताए । ‘पहिले वर्षा भयो की डुबानमा पर्थ्यो । अब निकासका लागि पनफकुवा नाला निर्माण भइसकेकाले त्यो समस्या हटेको छ’, तुलसीपुर उपमहानगरपालिका–१२ ले चालु आर्थिक वर्षमा रु तीन लाख बजेटमा यहाँ ७५ मिटर लामो नाला निर्माण गरिएको छ ।

वडाध्यक्ष खुसीराम चौधरीले सानो बजेटले ठूलो उपलब्धि गर्ने नीतिअनुसार समस्या समाधानका लागि काम भएको बताए । ‘जनताका समस्या धेरै ठूला पनि हुँदैनन्, ससाना समस्या हल गर्‍यौं भने पनि त्यसले राम्रो प्रभाव पार्छ’, उनले भने, ‘तीन लाख बजेटले मात्रै हामीले स्थानीयलाई खुसी दिन सकेका छौँ ।’

गाउँ नै डुबानमा पर्ने समस्या लिएर आएपछि आफूले सोही ठाउँमा बजेट विनियोजन गर्न सहजीकरण गरेको चौधरीले बताए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?