
८ पुस, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक सुरू भएको छ ।
सिंहदरबारस्थित समितिको सभाकक्षमा सार्वजनिक लेखा समितिको बैठक सुरू भएको हो ।
बैठकमा बेरुजुबारे छलफल गर्न गठित उपसमितिको कामको समीक्षा गर्ने कार्यसूची छ ।
सार्वजनिक लेखा समिति अन्तर्गत विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्नका लागि ९ वटा उपसमिति रहेका छन् ।
उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षणको काम उपसमितिले गरिररहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4