+
+

ललितपुरमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ९ गते ७:५३

९ पुस, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ मोतीचौरमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६० वर्षीय लुरु सिलवाल छन् । उनको उपचारको क्रममा गएराति आठ बजे बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका साढे सात बजे बाटो काट्दै गर्दा लुम्बिनी प्रदेश ०१ ००२ प ६६६३ नम्बरको मोटरसाइकलले सिलवाललाई ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । उनलाई बाडेगाउँ प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?