११ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा ८४ योजनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको छ ।
महानगरको सहरी योजना आयोगले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ८४ वटा योजनाको डीपीआर बनाएको हो ।
महानगरका अनुसार बनाएको डीपीआर मध्ये सम्पदा क्षेत्रको योजनासँग सम्बन्धित ३७ वटा रहेका छन् । यस्तै, हरियाली तथा पार्क निर्माणसँग सम्बन्धित १३ वटा र पूर्वाधारसँग सम्बन्धित ३३ वटा योजनाको डीपीआर निर्माण भएको सहरी योजना आयोगले जनाएको छ ।
डीपीआर बनाएको योजनाको कुल लागत १ अर्ब ५ करोड ९१ लाख ३ हजार रुपैयाँ रहेको आयोगका सचिवालय प्रमुख धनबहादुर बस्नेतले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4