+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यस्तो रह्यो त्रिविको स्वर्ण दीक्षान्त समारोह (तस्वीरहरू)

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ पुष १३ गते १५:१६

१३ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।

समारोहमा १४ हजार बढी विद्यार्थीहरु दीक्षित भएका त्रिविले जनाएको छ । विभिन्न तह र विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पदकसहित सम्मानित पनि भएका छन् ।

अब्बल नतिजा ल्याएर पदक पाउनेहरुमा छात्राहरु बढी छन् । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायका एमफील तहका हिरा श्रेष्ठले, इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्लेले पाउने, अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले, मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाएका छन् ।

सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने, नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाएकी छिन् ।  डा.मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाएकी छन् ।

शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले, डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले, इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले, नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले  पाए ।

तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाएकी छन् । उनले खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि पाएकी छन् । उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी थिइन् ।

सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले र भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएका छन् । आकृतिले सत्य माँ स्मृति स्वर्ण पदक पनि पाइन् ।

लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले, शिवराज पन्त स्मृति पुरस्कार बीइ सिभिलका शाशिष थापाले, छत्र बहादुर पदक बीबीएसका समिता ढुंगेलले र सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट संगिता प्रजापतिले पाएका छन् ।

हेर्नुहोस् तस्वीरहरू :

        

   

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?