
१६ पुस, काठमाडौं । आजबाट इस्वी संवतको २०२४ को विदाइ गर्दै सन् २०२५ स्वागत सुरू भएको छ । न्युजिल्याण्डसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्षलाई स्वागत गर्न तयार देखिन्छन् ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२४ को विदाइ र नयाँ वर्ष सन् २०२५ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
नयाँ वर्ष २०२५लाई न्युजिल्याण्डले स्वागत गरेको छ भने अष्ट्रेलिया, बेलायत लगायतका थुप्रै देशका मुख्य शहरहरूमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरु भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
अष्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउस नजिक नयाँ वर्षलाई स्वागत गर्न परिवार, साथीभाई र आफ्नतजन भेला भइसकेका छन् ।
नयाँ वर्ष स्पेन, जापान, फिलिपिन्स, दुबईलगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानका होटलहरु भरिभराउ छन् ।
विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रतिक्रिया 4