News Summary
Generated by OK AI. Editorially reviewed.- आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ र विश्वभर उल्लासका साथ मनाइएको छ।
- विश्वका नेताहरुले नयाँ वर्षको अवसरमा शुभकामना दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन्।
- नेपालका काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनमा आन्तरिक र विदेशी पर्यटकसहित नयाँ वर्ष मनाइएको छ।
१७ पुस, काठमाडौं । आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । विश्वभर उल्लासका साथ यो नयाँ वर्ष मनाइएको छ ।
विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
नयाँ वर्ष सुरु हुनुअघिको रात सन् २०२५ लाई बिदाइ गर्दै सन् २०२६ लाई भव्य स्वागत गरिएको छ ।
ग्रेगोरियन पात्रोअनुसार सन् २०२५ को बिदाइ र नयाँ वर्ष सन् २०२६ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।
यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ ।
इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतिलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।
नेपालका काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा मानिसहरु भेला भएर नयाँ वर्ष मनाइरहेका छन् । ती स्थानमा आन्तरिक र विदेशी पर्यटकहरुको चहलपहल छ ।
तस्वीरहरू : एपी, एएफपी र सिह्नवा








प्रतिक्रिया 4