 
																			२० पुस, पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महाधिवेशनको कुरा धेरै नगरी चैतभित्र सदस्यता नवीकरण गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै चैतभित्र नवीकरण नगरे पछि नहुने चेतवानीसमेत दिए ।
‘जो जो नेताले बढी अधिवेशनको कुरा गर्छ, उसको क्षेत्रमा के भइरहेको छ’ भन्ने सार्वजनिक गरिदिनेसमेत महामन्त्री थापाको चेतावनी थियो । आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर अधिवेशनको मात्र कुरा नगर्न थापाले निर्देशन दिए ।
चैत मसान्तभित्र २ सय रुपैयाँ तिरेर क्रियाशील सदस्यता नवीकरण गर्नुपर्ने थापाले बताए । ‘चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो,’ थापाले नेता कार्यकर्तालाई भने, ‘जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बर माथि फ्रिज गरिदिन्छौं । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं ।’
पार्टी महाधिवेशनमा के हुन्छस् भनेर आफूलाई सोधिने गरेको भन्दै अधिवेशनको कुरा छोडेर २०८४ चुनावको जाँदा उपलब्धीपत्र लिएर जानका लागि रिजल्ट देखाउने गरी काम गर्न महामन्त्री थापाको निर्देशन थियो ।
‘छोड्दिनुस् महाधिवेशनको कुरा । १५ औं महाधिवेशनबाट पछाडि ढोकामा बस्ने साथीजस्तै कांग्रेसको सदस्य भएर कार्यक्रममा आएर ताली बजाउनेमात्रै जिम्मा लिनुपर्छ भने पनि म तयार । तर, पार्टी सम्हाल्नुपर्यो । यो पार्टीको काँधमा धेरै जिम्मेवारी छ,’ थापाले भने ।
अहिले नयाँ–नयाँ पार्टीका नाममा स्टण्डबाजहरू आएको भन्दै यो बेला झनै बढी पार्टीको जिम्मेवारी रहेको बताए ।
नयाँका नाममा स्टण्डबाजहरू आए
‘एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन् । तपाईंहामी सबैलाई गाली गरेका छन् । तपाईंहरूले गरेको आन्दोलन र त्यसको डिफेन्स गरेका छन्, हामी सब जना अल्मलिएका छौं । अब अल्मलिनु हुँदैन,’ थापाले भने ।
सरकारमा बसेका साथीहरूले सरकारमा प्रदेशमा बसेकाहरूले प्रदेशमा अब सब ठाउँबाट रिजल्नुपर्ने थापाको भनाइ थियो ।
पञ्चायतको प्रतिबन्धित कालमा पनि पार्टी सञ्चालन गरेर आएको र अहिले आनन्दको अवस्था रहँदा पनि नेताहरुले अधिवेशनै नहुने खत्रा रहेको कुरा गर्ने गरिएको भन्दै आपत्ति जनाए ।
‘बेला पार्टीका नेताहरुले भनेको सुन्छु, यहाँ अधिवेशनै नहुने खतरा छ । पार्टी नै डुब्ने खतरा छ,’ गगनले प्रश्न गरे, ‘कसले डुबाउँछ पार्टी ? हामी छैनौं, तपाईंहरु हुनुहुन्नँ ?’ तर्साउने मान्छेहरूलाई सम्हाल्नुपर्ने बेलामा एकले अर्कालाई तर्साइरहेको थापाले बताए ।
विधान संशोधनको लागि ४/५ महिनाको समय लिने र त्यसपछि विधान महाधिवेशन गरेर तत्काल पारित हुने थापाले बताए । त्यसकै आधारमा महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने थापाको भनाइ थियो ।
‘प्रत्येक कांग्रेसको सदस्य बिहानदेखि बेलुकासम्म अधिवेश अधिवेशन भनेरमात्र लागि राख्ने हो,’ थापाको प्रश्न थियो, ‘अधिवेशन गरेर को आउँछ र हामीमध्येकै आउने होइन ? कसलाई हराएर आउँछौं आफ्नै साथी गराएर आउने त हो नि ।’
कांग्रेसमा ४ पुस्ताका मानिसहरुको रहेको महामन्त्री थापाको भनाइ थियो । कांग्रेस सभापतिकै उमेर आफ्नो बाबुको भन्दा १० वर्ष बढी भएको उनले सुनाए । तर, सबै मिलेर चलाउनुपर्ने थापाको भनाइ थियो ।
‘मभन्दा २०/२५ वर्ष पछाडिका नौ जवानहरुले के भन्न आइसके भने दाइ ठाउँ छोड्नुस् त हाम्रो पालो आयो भन्न आइसके,’ थापाले भने, ‘बामाथि हुनुहुन्छ फेरि ।’
नेपाली कांग्रेसका निम्ति पार्टीको अधिवेशन र २०८४ को चुनाव दुबै महत्वपूर्ण रहेको महामन्त्री थापाले बताए । केही भएन भन्ने जनतालाई बुझाउने गरी लाग्न ररिजल्ट दिन गगन निर्देशन दिए ।
‘आज आम जनताको बीचमा नेपालमा जति हुनुपर्ने थियो भन्ने जुन कुरा छ, हामी यसलाई मान्दछौं केही कुरा भएको छ, त्योभन्दा बढी हुनुपर्छ, हुन सक्छ तर हामी बनाउँछौं,’ थापाको निर्देशन थियो, ‘हामी गर्छौं भन्ने विश्वास राख्ने र विश्वास दिलाउने काम हाम्रो पार्टीले गर्छ भन्ने उच्च मनोबलका साथ फर्कनुपर्छ ।’
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4