+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोरखामा आगलागीबाट तीन घर जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २० गते २०:५४

२० पुस, गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ मान्वुको श्यामचेतमा आगलागीबाट तीन घर जलेर नष्ट भएको छ । स्थानीय पूर्णबहादुर लामा र उनका दुइ छोराहरू बुद्धिमान र आइतेसिङ लामाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शनिबार साँझ करिब साँढे ६ बजेको समयमा खाना बनाउन आगो बाल्ने क्रममा चुलो नजिकै रहेको मकैको खोस्टामा सल्किएर पूर्णबहादुरको घरमा आगलागी हुन पुगेको थियो ।

उक्त घरमा लागेको आगो फैलिएर नजिकै रहेको दुई घर समेत जलेर भएको डीएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए । आगलागीबाट सँगै रहेको बीरबहादुर लामाको घरमा पनि सामान्य क्षति पुगेको उनले जानकारी दिए ।

स्थानीय र प्रहरीको सहयोगमा अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

आगलागीबाट पशुचौपाय तथा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?