 
																						फाइल तस्वीर								
											२१ पुस, काठमाडौं । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो पक्राउ परेका छन् ।
१९ पुसमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए । अधिकारीका अनुसार उनलाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरिएको हो । ‘अभद्र व्यवहारको कसुरमा मानवलाई पक्राउ गरिएको हो । म्याद लिएर अनुसन्धान अघि बढाउँछौं,’ एसपी अधिकारीले भने ।
यसअघि मानव पटक-पटक साइबर अपराधको कसुरमा पक्राउ गर्दै आएका थिए । युट्युब च्यानलमार्फत विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा पक्राउ गर्दै आएका उनी धरौटीमा छुटेका थिए । अहिले भने अभद्र व्यवहारको कसुरमा पक्राउ परेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाउने प्रहरीले जननाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4