 
																			२५ पुस, विराटनगर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा बम रहेको सूचना पाएपछि प्रहरीले खोजी सुरु गरेको छ । विहीबार बिहानदेखि प्रहरीले खोजी सुरु गरेको हो ।
नेपाली सेनाको प्राविधिक टोलीसहित खोजी सुरु गरेको मोरङ प्रहरी प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दहरैँचा–७ को मालती पुल आसपास द्वन्द्वकालमै राखिएको बम रहेको सूचना आएको थियो । राजमार्ग बिस्तारको क्रममा उत्खनन गर्दा जमिन मुनि राखिएको बम पड्किन सक्ने जोखिम हुने भन्दै सूचना आएपछि प्रहरीले खोजी सुरु गरेको हो ।
‘द्वन्द्वकालमै राखिएको बम रहेको सूचना आएपछि टोली खटिएको छ,’ डिएसपी जोशीले भने,’ नेपाली सेनाको प्राविधिक टोली र प्रहरीले शंकास्पद स्थानमा खोजीरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4