+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सुनको भाउ निरन्तर वृद्धि, आज तोलाको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते ११:१६

४ माघ, काठमाडौं । सुनको भाउ बढ्ने क्रमले निरन्तरता पाइरहेको छ । नेपाली बजारमा सुनको भाउ आज शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ हजार ३ सयले बढेर तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बिहीबार तोलामा १ हजार २ सय बढेर तोलाको १ लाख ५६ हजार ६ सय रुपैयाँ पुगेको थियो । बुधबार ४ सयले बढेर १ लाख ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी चाँदीको भाउ पनि बढेको छ । महासंघका अनुसार चाँदी १० ले बढेर तोलामा १ हजार ८ सय ९० रुपैयाँ पुगेको छ । हिजो बिहीबार ८० ले बढेर तोलाको १ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?