+
+

तारादेवी सम्मान शाह, रसाइली र तीर्थकुमारीलाई प्रदान गरिने

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते १७:०५

४ माघ, काठमाडौँ । तारादेवी फाउन्डेसनले यस वर्षको ‘तारादेवी सम्मान’ तीन जना श्रष्ठालाई प्रदान गर्ने भएको छ ।

संस्थाका अध्यक्ष दीपक केसीको अध्यक्षतामा बसेको बैठकले गीतकार चाँदनी शाह (मरणोपरान्त), सङ्गीतकार सिके रसाइली र गायिका तीर्थकुमारीलाई उक्त सम्मान प्रदान गर्ने निर्णय गरिएको फाउन्डेसनका कोषाध्यक्ष रमेश थापाले जानकारी दिए ।

सम्मानका साथ ताम्रपत्र, दोसल्ला र जनही रु २५ हजार रहेको छ।

विसं २०७४ मा स्थापित फाउन्डेसनले यसअघि १२ स्रष्टालाई सम्मान गरिसकेको छ ।

स्वर किन्नरी तारादेवीको स्मृति दिवसका दिन यही माघ ९ गते उक्त सम्मान दिइनेछ ।

१० वर्षको उमेरदेखि गीत गाउन थालेको गायिका तारादेवीले करिब ३ हजार ५ सय गीतमा स्वर र संगीत दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?