
काठमाडौं । टिभी श्रृंखलाका चर्चित कलाकार सागर लम्साल ‘बले’ले नयाँ फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ साइन गरेका छन् । ३५ लाख रुपैयाँ पारिश्रमिकमा राजु गिरीले निर्देशन गर्ने फिल्ममा उनी अनुबन्धित भएको जनाइएको छ ।
फिल्ममा उनी शीर्ष पात्रमा देखिने प्रेषित विवरणमा उल्लेख छ । ‘लोफर’बाट फिल्म करिअर थालेका बलेको आगामी फिल्म ‘लाज शरणम’ प्रदर्शन तयारीमा छ । उनले सयौं चर्चित म्युजिक भिडियोमा अभिनय पनि गरेका छन् । ‘सक्किगो नि’मा समेत उनी ब्यस्त छन् ।
‘डल्लेले इन्ट्री मार्यो’मा बलेले लिएको पारिश्रमिक उनको करिअरको उच्च रहेको निर्माताको दावी छ । पात्रमा फिट, कुशल अभिनय र बजारको मागलाई हेरेर बलेलाई अनुबन्धित गरिएको निर्देशक गिरी बताउँछन् ।
‘स्क्रिप्टको माग, उहाँको कलाकारिता र दर्शकको क्रेजलाई हेरेर उहाँलाई दिइएको पारिश्रमिक कमै होजस्तो लाग्छ’ निर्देशक गिरीले भने । लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहेको फिल्मको छायांकन फागुन अन्तिमबाट गरिनेछ ।
सावित्रा चिलुवाल निर्माता, आशिष र आदर्श बस्नेत निर्माता रहेको फिल्मका अन्य कलाकार तथा प्राविधिक चयन कार्य भने केही सातामा टुंग्याउने जनाइएको छ । उषा फिल्मसको ब्यानरमा निर्माण हुने फिल्म सोसल कमेडी जनरामा बन्ने निर्माताले जनाएका छन् ।
प्रतिक्रिया 4