+
+

भारतमा सडक दुर्घटनामा ९ जनाको मृत्यु

दुर्घटना महाराष्ट्रको राजधानी सहर मुम्बईबाट करिब १८५ किलोमिटर पूर्वमा पुणे जिल्लाको नारायणगाउँनजिक पुणे–नासिक राजमार्गमा भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ४ गते २०:४१

४ माघ, नयाँ दिल्ली । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार भएको दुर्घटनामा कम्तीमा नौजनाको ज्यान गएको छ ।

तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा दुर्घटना भएको र त्यसमा नौजनाको मृत्युभएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

दुर्घटना महाराष्ट्रको राजधानी सहर मुम्बईबाट करिब १८५ किलोमिटर पूर्वमा पुणे जिल्लाको नारायणगाउँनजिक पुणे–नासिक राजमार्गमा भएको हो ।

दुर्घटनालगत्तै स्थानीयवासी र प्रहरी घटनास्थल पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए । प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धानअगाडि बढाएको छ ।

भारतमा ओभरलोडिङ, सडकको खराब अवस्था र लापरबाहीका कारण सडक दुर्घटना हुने गरेको छ । (एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?