
५ माघ, काठमाडौं । आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीको ‘जंगबहादुर इन इङ्ल्याण्ड’ नामक पुस्तक सार्वजनिक भएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा बुढाथोकीका पिता भक्तबहादुर, इतिहासका प्राध्यापक त्रिरत्न मानन्धर, पत्रकार कुन्दमणि दिक्षित, लेखक यादव देवकोटाले पुस्तक सार्वजनिक गरे ।
आर्थिक इतिहासको विषयमा अध्ययन गर्ने क्रममा जंगबहादुरवारे रोचक विवरण फेला परेको र त्यसक्रममा अघि बढेको थप अध्ययनले पुस्तकको आकार लिएको लेखक बुढाथोकीले बताए ।
प्रधानमन्त्री जंगबहादुर राणाको बेलायत भ्रमणको पाटोलाई समेटेर बुढाथोकीले पुस्तक तयार गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4