+
+

मेटाले ल्यायो नयाँ एप

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते ७:२३

लोकप्रिय सोसल मिडिया एप टिकटक जनवरी १९ मा केही समयका लागि अमेरिकामा बन्द भयो । तर नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपछि त्यहाँ हाल टिकटक सुचारु भएको छ । तथापि टिकटकको ५० प्रतिशत स्वामित्व अब अमेरिकाकै हुनेछ । टिकटक बन्द हुँदा यसका अमेरिकी प्रयोगकर्ताहरु निकै चिन्तित बने । तर फेसबुकको मातृ कम्पनी मेटाले भने उक्त मौकाको फाइदा उठाउँदै एउटा नयाँ एपको घोषणा गरेको छ ।

यसअघि भारतमा टिकटक प्रतिबन्धित हुँदा तुरुन्तै इन्स्टाग्रामले शर्ट भिडियो प्लाटफर्म रील्स ल्याएको थियो । फेसबुकको रील्सले भारतमा मात्र नभई विश्वभर नै राम्रै लोकप्रियता कमाइरहेको छ । त्यहीँ सफलताबाट लोभिएको मेटाले अमेरिकामा टिकटकले सामना गरिरहेको संकटका बीच Edit (एडिट) नामक नयाँ एप लञ्च गरेको हो ।

टिकटकसँगै चिनियाँ बाइटडान्सको अर्को एप क्यापकट पनि अमेरिकामा एपस्टोरबाट हटेको मौका छोपेर मेटाले Edit एप ल्याएको हो । एडिट एप क्यापकटकै क्लोन अर्थात् हुबहु नक्कल जस्तै छ ।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले आउँदो महिनादेखि एडिट एप आइओएसमा उपलब्ध हुनेछ र त्यसपछि एन्ड्रोइडका लागि पनि लञ्च गरिने बताएका छन् ।

वास्तवमा एडिट एट पूर्णरुपमा मोबाइल भिडियो एडिटिङ सफ्टवेयर हो । यो खासगरी भिडियो सामग्री सर्जकका लागि सर्वोत्तम टूल भएको दाबी गरिएको छ । यो एपमा विभिन्न क्रियटिभ टुल्सहरु हुनेछन् । यसमा विभिन्न ट्याबहरु पनि रहनेछन् जहाँ विभिन्न खालका अवधारणा हुनेछन् ।

यो एपबाट सम्पादित भिडियोका ड्राफ्टलाई साथीसँग शेयर गर्नपनि सकिनेछ । अर्थात् आधामात्रै सम्पादन भएको भिडियो पनि सहकार्यका लागि कुनै साथी वा कम्पनीलाई पठाउन सकिनेछ ताकि सम्पादित भिडियोमा अरुपनि फुटेजहरु थप्न सकियोस् ।

इन्स्टाग्रामका अनुसार सर्जकहरुले उक्त एपका माध्यमबाट सम्पादन गरिएका भिडियोहरु इन्स्टाग्रामा शेयर गरिसकेपछि कस्तो चर्चा पाइरहेका छन् भनेर पनि थाहा पाउन सक्नेछन् ।

मेटाका अनुसार एडिट एप कुनै एमेच्योर भिडियो निर्मातालाई भन्दा सर्जकलाई ध्यानमा राखेर तयार पारिएको हो । अर्थात् यसमा सर्जकसँग सम्बन्धित विभिन्न टूल्स हुनेछन् जसले रील्स सम्पादन गर्न सहयोग गर्नेछन् । त्यहाँ ड्यासबोर्ड पनि हुनेछ जहाँबाट भिडियो सम्पादनको गतिविधि पनि निगरानी गर्न सकिन्छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?