+
+

१० करोड भ्यूजको होडमा ‘सालको पात टपरी’ र ‘अरेली काँडाले’, कसले रच्ला रेकर्ड ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १३:३४

काठमाडौं । चर्चित लोकदोहोरी गीत ‘सालको पात टपरी’ र ‘अरेली काँडाले मलाई च्वास्सै’बीच यतिबेला कसले पहिला कीर्तिमान रच्ने भन्ने प्रतिस्पर्धा छ । किनभने अहिलेसम्म कुनै लोकदोहोरी गीतले युट्युवमा १० करोड भ्यूज पाउन सकेका छैनन् ।

चाँडै १० करोड भ्यूज कटाउने प्रतिस्पर्धामा कलाकार पनि सामेल छन् । उनीहरूले गीतको लिंक सेयर गर्न आग्रह गर्दै सामाजिक संजालमा फ्यानलाई भनिरहेका छन् । ‘सालको पात टपरी’का गायक कुलेन्द्र विश्वकर्माले गीत सेयर गर्न आग्रह गरेको देखिन्छ ।

गीतलाई बुधबार दिउँसोसम्म ९ करोड ९० लाख पटक हेरिएको छ । यो गीतसँग सम्बन्धितले पनि गीतलाई जतिसक्दो सेयर गर्न आग्रह गरिरहेको देखिन्छ । वसन्त थापाको संगीत, नवराज पन्तको शब्द, विश्वकर्मा र विष्णु माझीको स्वर समावेश यो गीत ६ वर्षअघि रिलिज भएको थियो ।

एकवर्ष अघि रिलिज भएको शान्तिश्री परियारको गीत ‘अरेली काँडाले मलाई च्वास्सै’लाई पनि बुधबार दिउँसोसम्म ९ करोड ९१ लाख पटक हेरिएको छ । गीतमा खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द र शान्तिश्री परियारको स्वर छ । यो गीतलाई पनि ब्यापक सेयर गर्न भन्दै कलाकार र फ्यानले सामाजिक संजालमा लिंक सेयर गरिरहेका छन् ।

निकट भविष्यमा यी दुईमध्ये कुनै एक गीतले युट्युवमा १० करोडको आँकडा पार गर्ने देखिन्छ । जसले कीर्तिमान रचेपनि यो लोकसंगीत क्षेत्रको सफलता भने अवश्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?