+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

फिल्म निर्माणबारे शेखर गोल्छा : हाम्रो मूभीमा मौलिकता हरायो, त्यो फर्किनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते ११:४९
फिल्म ‘परान’को निर्माण घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उद्योगपति शेखर गोल्छा ।

काठमाडौं । उद्योगपति शेखर गोल्छा फिल्म निर्माता बन्दैछन् । आफूले निर्माण गर्न लागेको फिल्म ‘परान’बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले घरेलु फिल्मबाट मौलिकता हराएकोमा चिन्ता जनाए ।

मौलिकता, व्यवसायिकता कायम राख्न र कर्पोरेट संस्कृति सिर्जना गर्ने उद्देश्यले आफू फिल्म निर्माणमा आएको उनले बताए । कलाकार एउटा प्रणालीमा आबद्ध होऊन, समयमा भुक्तानी पाऊन र कर लगायतका विषय पारदर्शी होस् भन्ने आफ्नो चाहना समेत रहेको बताए ।

उनले नेपाली फिल्मबाट मौलिकता हराएकोप्रति चिन्ता जनाए । गोल्छाले भने, ‘हाम्रो मुभीमा पनि हाम्रो मौलिकता हराएको जस्तो लाग्छ । त्यो मौलिकता आउनुपर्छ । हामीले अरूको संस्कृतिलाई त्यसरी नै नक्कल गर्ने हो भने हाम्रो मौलिकता रहन्छ जस्तो लाग्दैन ।’

उनले फिल्म निर्माणमा आफ्नो आगमनको उद्देश्यबारे अघि भने, ‘यो सिनेमा गर्नुमा व्यवसायिक कारण त छँदैछ । कुनै न कुनै तरिकाले भोलि मौलिकता पनि होस्, व्यवसायिकता पनि होस्, एउटा कर्पोरेट कल्चर पनि आओस् ।’

उनले करको पारदर्शिता पनि आफ्नो ध्येय रहेको बताए । भन्छन्, ‘आबद्ध सबै कलाकार एउटा अनुबन्धमा होऊन्, समयमा भुक्तानी पाऊन् र यसमा सम्बन्धित जो पनि छ, कर लगायतका विषयमा पारदर्शिता होस् भन्ने सोचका साथ व्यवसायिक क्षेत्रको मान्छे यो क्षेत्रमा आएको छु ।’

आफू उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा विभिन्न जिल्लामा आयोजना हुने महोत्सवमा पुग्दा आफूलाई जानै नपरोस् जस्तो हुने उनको अनुभव छ । त्यस्ता कार्यक्रममा नेपालीपन नदेख्दा जानु नपरेजस्तो लाग्ने र सोही प्रकारको सन्देश आफूले आयोजकलाई दिने गरेको उनले सम्झिए ।

यसअघि उद्योगपतिहरू विनोद चौधरी, वसन्त चौधरी, चन्द्रप्रसाद ढकालले पनि फिल्म निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?